April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

बन्दुकधारीको आक्रमणपछि नाइजेरियाका जेलबाट १ हजार ८ सय बढी कैदी फरार

  • 2
    Shares

नाइजेरिया, नाइजेरियाको एक जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरु फरार भएका छन् । बन्दुकधारीहरुको आक्रमणपछि उनीहरु फरार भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फरार भएका मध्ये ६ जना कैदीहरु जेलमै फर्किसकेका छन् भने ३५ जनाले जेलबाट भाग्न नै अस्वीकार गरेको बताइएको छ ।

सोमवार बिहान आक्रमणकारीहरू दक्षिण-पूर्वी शहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोटक गराई जेलभित्र पसेका थिए ।

आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेको त्यहाँको प्रहरी प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको