April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

नवनियुक्त भियतनामका राष्ट्रपति फूकद्वारा सपथ ग्रहण

भियतनाम, भियतनाममा कोरोना महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा आज सपथ लिएका छन् ।

भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तिब्र रुपमा विकास भएको थियो ।

उनको सरकारले कोभिड–१९ को नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो । सोमबार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गरेका थिए ।

भियतनाममा कम्युनिष्ट पार्टीको शासन रहेको छ र त्यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर रहेको छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।

राष्ट्रपति समेत रहेका ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फूक राष्ट्रपति पदका एक्ला दाबेदार थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको