April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

भारतमा कोरोना संक्रमीत हुनेको संख्या उच्च, एकैदिन १ लाख बढीमा संक्रमण पुष्टि

नयाँदिल्ली, भारतमा कोरोना संक्रमित हुनेको संख्या उच्च रुपले वृद्धि भएकि छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै १ लाख ४ हजार जनामा संक्रमण भएको हो । संक्रमित हुनेको संख्या सन् २०२१कै सबैभन्दा बढी हो भने विश्वमै पनि सबैभन्दा धेरै हो ।

त्यहाँ अघिल्लो दिनमात्रै करिब ९३ हजार जना नयाँ कोरिना संक्रमित भएका छन् । पछिल्लो समय विश्वभर ५ लाख २६ हजार भन्दा संक्रमित थपिएका थिए । भारतपछि फ्रान्समा करिब ६१ हजार, टर्कीमा ४२ हजार, अमेरिकामा ३७ हजार तथा ब्राजिलमा ३२ हजार नयाँ संक्रमित थपिए ।

कोरोना मामिलामा विश्वमा तेस्रो स्थानको भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ एक करोड २५ लाख नाघेको छ । त्यस्तै सक्रिय संक्रमित झण्डै ८ लाख पुगेका छन् । भारतमा पछिल्लो पटक ४ सय ७७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार ५ सय १३ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६५ हजार भन्दा बढी पुगेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको