April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

इण्डोनेसियामा बाढी र पहिरोबाट ५० जना मानिसको मृत्यु

  • 32
    Shares

इण्डोनेसिया, इण्डोनेसिया र पूर्वी टिमोरमा बाढी र पहिरोका कारण कम्तीमा ५० जना मानिसको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट कम्तिमा ५० जनाको मृत्यु भएको बताइएपनि मृतक संख्या अझै धेरै रहेको छ ।

लगातार परेको पानीसँगै बाँधभन्दा माथि पानी आइपुगेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन् । बाढी र पहिरोको असर इण्डोनेसियाको फ्लोर्स टापुदेखि छिमेकी मुलुक टिमोर लेष्ट अर्थात पूर्वी टिमोरसम्म पुगेको बताइएको छ ।

इण्डोनेसियाको चार उपजिल्ला र सातवटा गाउँमा बाढी र पहिरो असर परेको आपतकालीन उद्धार एजेन्सीको भनाइ छ ।

घटनास्थलमा खटिएका टोलीले ४१ जनाको शव फेला पारेका छन् भने २७ जना बेपत्ता र ९ जना घाइते भएको पुष्टि गरे । तर पूर्वी फ्लोर्स उपराज्य संरक्षकले भने कम्तीमा ६० जनाको मृत्यु भएको बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको