April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

भारतमा नक्सलवादीहरुको आक्रमणमा परी २२ सुरक्षाकर्मीको मृत्यु, ३२ जना घाइते

  • 40
    Shares

जितपुर, भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने, “छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ ।” उनका अनुसार सो घटनामा परी अरु ३२ जना घाइते पनि भएका छन् ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताएका छन् । उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको