April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

इन्डोनेसियामा बाढी पहिरोका कारण २० जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं, बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । आइतबार सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सो घटनामा परेका अन्य पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको हो ।

देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ । स्थानीय समय अनुसार बिहान १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनाहरुमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनामा परी घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको