April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

चिनमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किदा ११ को मृत्यु, १९ जना घाइते

बेइजिङ, चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ट्रक एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

आज बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो । घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो । चीनमा हाल मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको