April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

फ्रान्समा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा

पेरिस, कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढ्न थालेपछि फ्रान्समा तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

अति आवश्यक बाहेकका पसलहरु र सबै विद्यालय
एक महिनाका लागि बन्द गरिएको छ । साथै साँझ सात बजेदेखि विहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

गत शुक्रवार एकै दिनमा १ सय ४५ जना विरामी सघन उपचार कक्षमा थपिएका छन् । यो संख्या विगत पाँच महिनामा सबैभन्दा बढी हो ।

फ्रान्समा गत २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ३ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै फ्रान्समा हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघिसकेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजार नाघिसकेको छ ।

त्यहाँ संक्रमण नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिसकिएको छ । एजेन्सी यसैगरी आगामी मंगलबारदेखि १० किलोमिटरभन्दा बढी यात्रा गर्नका लागि वैधानिक कारण देखाउनु पर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको