April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डेजलाई कोरोना सङ्क्रमण

अर्जेन्टिना, दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाको खोप लगाइसकेका राष्ट्रपति फर्नान्डेजलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ ।

राष्ट्रपति फर्नान्डेजले ट्वीट गर्दै आफूलाई ज्वरो र हल्का टाउको दुखेपछि एन्टिजेन परीक्षण गराएको र त्यसले कोभिड–१९ पोजेटिभ देखाएको बताएका छन् ।

शुक्रबार ६२ वर्ष पुगेको राष्ट्रपति फर्नान्डेजले आफू आइसोलेसनमा रहे पनि शारीरिक रुपमा तन्दुरुस्त रहेको जनाएका छन् ।

राष्ट्रपति फर्नान्डेजले रसियाली स्पुतनिक भी खोप लगाएका थिए । उनले दोस्रो डोज पनि गत फेब्रुअरी ११ मा लगाएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको