April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

भारतमा एकैदिन थपिए ८८ हजार नयाँ कोरोना संक्रमित

  • 5
    Shares

नयाँदिल्ली, भारतमा पछिल्लो ६ महीनायताकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ८८ हजार ६६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड २३ लाख ९० हजार ७७५ पुगेको हो । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घन्टामा ६३४ जनाको मृत्यु भएको छ । जुन ६ महीनायताकै सबैभन्दा बढी हो ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२ पुगेको छ । हाल सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउन लाग्नसक्ने बताएका छन् । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ४३ हजार १८३ संक्रमित थपिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको