April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

ताइवान रेल दुर्घटना: मृत्यु हुनेको संख्या ५० पुग्यो

  • 11
    Shares

ताइवान, ताइवानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ । ताइवानमा शुक्रबार स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटनामा परेको रेलमा ५०० जना यात्रु सवार थिए ।

सो दुर्घटनामा केही घाइते भएका छन् भने दुर्घटना पूर्वी ताइवानको एक सुरुङमा गुडिरहेको रेलले ट्रकलाई ठक्कर दिएपछि लीकबाट बाहिरिएर भएको बीबीसीले जनाएको छ । 

हालसम्म १०० भन्दा बढी यात्रुको उद्धार गरिएको छ । भने अझै मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । 

बीबीसीका अनुसार स्थानीय सञ्चारमाध्यमले रेल चालकको समेत मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार कार्य जारी छ ।

शीर्ष समाचार

धेरै पढिएको