April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

अमेरिकी संसद भवनमा अज्ञात व्यक्तिबाट चक्कु प्रहार हुँदा एक प्रहरीको मृत्यु

  • 6
    Shares

वासिङ्टन, अमेरिकाको राजधानी वासिङटन डिसीस्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।


शुुक्रबार संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएपछि चालकले प्रहरी अधिकारीमाथि चक्कुले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीको गोली लागेर आक्रमणकारीको पनि मृत्यु भएको छ । आक्रमणमा ज्यान गुमाउने प्रहरी अधिकारी घटनामा सबैभन्दा पहिले खटिने क्रममा चक्कु आक्रमणमा परेका हुन् ।

आक्रमणकारी २५ वर्षका नोहा ग्रिन नाम गरेका व्यक्ति रहेको र उनी विगतमा कुनै पनि प्रकारको आपराधिक गतिविधिमा संलग्न भएको सूचना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको पनि अधिकारीले बताएका छन् । संसद भवनमा तीन महिना पहिले तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको