April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु

  • 11
    Shares

ताइवान, ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । उक्त दुर्घटना त्यहाँको स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको हो ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुर्‍याइएको छ ।

अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तीव्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको