April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

म्यानमारको जारी हिंसामा परि ४३ जना बालबालिकाको मृत्यु

  • 35
    Shares

याङ्गुन, म्यानमारमा जारी हिंसामा परेर ४३ जना बालबालिकाको मृत्यु भएको छ । गत फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि भइरहेका प्रदर्शनका क्रममा ती बालबालिका मारिएको सेभ द चिल्ड्रेनलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको संख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दावी गरेका छन् । तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको संख्या ५३६ रहेको दावी गरेका छन् ।

यस्तै सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उहाँका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ ।

उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् । सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको