April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

“कोरोना उत्पत्तिबारे थप अनुसन्धान आवश्यक”: डब्लुएचओ

काठमाडौं, कोरोना भाइरस (कोभिड-१९) चीनको प्रयोगशालामा विकास गरिएको भन्ने भनाइलाई पूर्णरुपमा खारेज गर्न थप अनुसन्धान आवश्यक  रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।


डब्लुएचओका महानिर्देशक डा. टेडरोजले कोरोना भाइरस प्रयोगशालाबाट चुहावट भएको थ्यौरी पूर्णरुपमा अस्वीकार गर्नका लागि थप विस्तारित अनुसन्धानको खाँचो रहेको बताएका छन् ।

सन् २०१९ को अन्तिममा कोरोना भाइरस पहिलो पटक चीनको हुवेइ प्रान्तको वुहानमा भेटिएको थियो । त्यसयता सो भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ । चीन सरकारले भाइरस प्रयोगशालाबाट चुहावट भएको भन्ने कुरा अस्वीकार गर्दै आएको छ ।एजेन्सी 

शीर्ष समाचार

धेरै पढिएको