
ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेस्सरी ज्वरो लगायत कोभिड १९ का अन्य लक्षण देखिन थालेपछि सोमवार चौथो पटक उनको स्वास्थ परिक्षण गरिएको थियो ।उनले पटक पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफुलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए ।उनले अर्थतन्त्र प्रभाबित भएको भन्दै क्षेत्रिय गवर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए । सोमवारै मात्र उनले मास्क लगाउनु पर्ने नियम पनि लचिलो बनाएका थिए ।
मंगलवार पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ज्वरो गायब भएको र आफुलाई निकै आराम महशुस भइरहेको घोषणा गरेका थिए । उनले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोप समेत लगाउने गरेका खबर आजको समाचार पत्रले लेखेको छ ।





