
काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । गत तीन दिनयता जारी हिंसामा परि १२ जनाले ज्यान गुमाएको हो ।
बिबिसीका अनुसार ब्राह्राणबरियालगायतका स्थानमा आइतबार पनि विरोध प्रदर्शन भएको थियो । हिजोको हड्तालमा भएको झडपका क्रममा घाइते भएका मानिसले अस्पतालमा ज्यान गुमाएको अस्पतालले जनाएको छ ।
मोदीको विरोध जारी भए पनि बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी समारोहमा भाग लिएका थिए । शुक्रबार उनले बंगलादेशका संस्थापक तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजीबुर रहमानको ५० औं जन्म शताब्दी समारोहमा भाग लिएका हुन् ।
यस्तै, मोदीको भ्रमणको पूर्वसूचना पाउनासाथ ढाकास्थित बैतुल मोकर्रम मस्जिदमा हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारीलाई रोक्न बनाउन प्रहरीले अश्रुग्यास र रबरको गोलीसमेत प्रहार गरेको थियो ।एजेन्सी






