August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

म्यानमारमा सैनिक नरसंहार: सडकमा उत्रिएकाहरुको गोली हानी हत्या

याङ्गुन, म्यानमारमा सैन्य सत्ताले नरसंहार मच्चाएको छ । सरकार विरोधी तथा प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकाहरुमाथि सेनाले गोली हानेर हत्या गरेको हो ।

शनिबार मात्र सेनाले चलाएको गोली लागि झण्डै एक सय जना मारिएका छन् । सुरक्षाकर्मीको ज्यादतीको विरोध गर्न खोज्दा होनिएको गोली लागेर प्रदर्शनकारीहरु मारिएका हुन् ।

बीबीसीका अनुसार शनिबार ‘आर्मड फोर्सज डे’ का दिन सडकमा उत्रिएका प्रदर्शनकारी माथि सुरक्षा बलले चलाएको गोली लागि ९० जनाभन्दा बढी व्यक्ति मारिएको हो ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन भने यो संख्या अझै बढ्न सक्ने अनुमान छ ।

सडकमा आफ्ना नागरिकको हत्या गर्नुपूर्व सत्ता हत्याएका सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रदर्शनमा ननिस्कन र निस्किएमा गोली चल्न सक्ने चेतावनी दिएका थिए

सरकारी टेलिभिजनले पनि प्रदर्शनकारीहरूले अहिलेसम्म भएको मृत्युबाट सिक्नुपर्ने जनाएको थियो । प्रदर्शनमा सहभागीहरूलाई अगाडि र पछाडि दुवैतर्फबाट गोली लाग्नसक्ने चेतावनी दिएको थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको