August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

चीन र इरानद्वारा २५ वर्षसम्म सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं, चीन र इरानले २५ वर्षसम्म सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकाको प्रतिबन्ध झेलिरहेका यी दुई मुलुकले यस्तो सहकार्य रणनीतिक हुने बताएका हुन् ।

चीनका विदेशमन्त्री वाङ यी र उनका इरानी समकक्षी मोहम्मद जवाद जरिफले शनिबार तेहरानमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हो भने सम्झौतामा समेटिएका बुँदाहरूको विस्तृत विवरण खुलाइएको छैन ।

चिनियाँ विदेश मन्त्री यी दुई दिने भ्रमणका लागि शुक्रबार तेहरान पुगेका थिए । अमेरिकासहित पश्चिमा राष्ट्रहरूले इरानमाथि विभिन्न प्रतिबन्ध लगाएपछि चीन उसको ठूलो व्यापारिक साझेदार बनेको छ ।

सन् २०१८ मा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणवीक सम्झौता तोडेपछि इरानको धेरैजसो तेल चीनमा निर्यात भएको थियो ।

यस्तै इरानी विदेशमन्त्री जरिफले चीन कठिन समयको मित्र भएको बताएका छन् । उनले पश्चिमाहरूको अन्यायपूर्ण प्रतिबन्धको विरोधमा उत्रिएकोमा पनि चीनलाई धन्यवाद दिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको