August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

फ्रान्समा एकैदिन करिब ४२ हजार जनामा कोरोना संक्रमण

पेरिस, फ्रान्समा एकैदिन करिब ४२ हजार कोरोना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार गत २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८७९ जनाको मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । फ्रान्समा हालसम्म कोरोना संक्रमितको संख्या ४४ लाख ६५ हजार ९५६ पुगेको छ ।

यस्तै त्यहाँ अहिलेसम्म फ्रान्समा कोरोनाबाट ९४ हजार २७५ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितहरुको सङ्ख्याका आधारमा फ्रान्स पाँचौ अग्रस्थानमा रहेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको