August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु 

इजिप्ट, इजिप्टमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । इजिप्टको सोहाग प्रान्तस्थित तहता सहर नजिकै भएको दुर्घटनामा थप १ सय ६५ जना घाइते भएका छन् ।


कायरोबाट लक्सर र भू–मध्य सागरको नजिकैको बन्दरगाह अलेक्जान्ड्रियातर्फ जाँदै गरेको र कायरोबाट असवान शहरतर्फ गैरहेको रेल ठोक्किएर दुर्घटना भएका हुन् ।

गुडिरहेका दुवै रेलमा आपतकालीन ब्रेक लगाएपछि दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनापछि रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको