March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

२० करोड नागरिकलाई कोरोना खोप दिने राष्ट्रपति बाइडेनको घोषणा 

वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको हैसियतले काम गरेको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिने घोषणा गरेका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले सो घोषणा गरेका हुन् ।

लक्ष्य महत्वाकांक्षी रहे पनि यसमा आफूहरु सफल हुने बाइडेनको विश्वास छ । अन्य मुलुकको तुलनमा अमेरिकाले अहिले गरेका पहल सकारात्मक ढंगले अघि बढेको उनको भनाइ छ ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । हाल दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

पत्रकार सम्मेलनमै बाइडेनले दोस्रो कार्यकालका लागि पनि आफूले उम्मेदवारी दिने बताएका छन् । उनले सन् २०२४ मा पनि उम्मेदवारी दिने बताएका हुन् ।

७८ वर्षीय बाइडेन अमेरिकाको इतिहासमै राष्ट्रपति हुने सबैभन्दा पाको व्यक्ति हुन् । उनले केवल चार वर्षको कार्यकाल सम्हाल्ने अनुमान लगाइएको भएपनि उनले अर्को कार्यकालमा पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको