April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

भारतमा एकैदिन थप ५९ हजार ६९ जनामा कोरोना संक्रमण

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा ५९ हजार ६९ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भई डिस्चार्ज भए भने २५७ को मृत्यु भएको छ । यो संक्रमितको संख्या १७ अक्टोबरपछिको सबैभन्दा धेरै हो ।

बिहिबार थप २५ हजार ८५७ जना सक्रिय संक्रमित थपिएका छन् । भारतमा पछिल्लो एक हप्तामा सक्रिय संक्रमितमा १ लाख ४९ हजार ४५५ को वृद्धि भएको छ ।

भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको भएका छन् । यस्तै, १ लाख ६० हजार ९८३ मानिसले कोरोनाबाट ज्यान गुमाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको