June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

ब्रासिलिया, ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको जनाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको हो ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । ब्राजिलका गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको थियो ।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको त्यहाँका अधिकारीले जानकारी दिएका हुन् । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको