June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

अमेरिकामा कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो

वासिङ्टन, अमेरिकामा कोरोना संक्रमितहरुको संख्या तीन करोड नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना संक्रमितको कुल संख्या तीन करोड एक हजार २४५  पुगेको हो । 

अमेरिकामा पछिल्लो एक सातामै कोरोना  (कोभिड–१९) का संक्रमित निकै बढेका बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा संक्रमित निकै तीब्र गतिमा बढेका हुन् । 

गत सोमबारसम्म अमेरिकामा पाँच लाखभन्दा बढी मानिसको ज्यान कोभिड–१९ को कारण गएको थियो । मृतकको संख्या पनि पछिल्ला केही समयमा तिब्र गतिमा बढेको बताइएको छ ।

अहिले अमेरिकमा मृतकको संख्या पाँच लाख ४५ हजार ५३ जना पुगेको बताइएको छ । अमेरिकामा पछिल्लो समयमा कोभिडको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको बताइएको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको