June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

उत्तर कोरियाद्वारा सी अफ जापानमा दुई ब्यालेस्टिक मिसाइल प्रहार

file photo

प्योङ्याङ, उत्तर कोरियाले सी अफ जापानमा आज दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान विपरीत उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले सी अफ जापानमा लगातार दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको जापान र अमेरिकी अधिकारीले दाबी गरेका छन् । अमेरिकी सत्ता जो बाइडेन हातमा आएपछि उत्तर कोरियाले पहिलोपटक दुईवटा मिसाइल परीक्षण गरेको हो ।

जापानले मिसाइल परीक्षणको पुष्टि गर्दै आफ्नो जल क्षेत्रमा भने मिसाइलका कुनै पनि भग्नावशेष वा अंश आइनपुगेको जनाएको छ । यस्तै गत साता पनि उत्तर कोरियाले यल्लो सीमा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । क्रुज मिसाइलको परीक्षण भने प्रतिबन्धित छैन ।

जापनका प्रधानमन्त्री योहिहिदे सुगाले उत्तर कोरियाले आज गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको बताएका छन् । दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेकामा उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै आएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको