April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

चुनावमा जित हुने इजरायलका प्रधानमन्त्री बेन्जामिनको दाबी

जेरुसलेम, दुई वर्षभित्रको अवधिमा चौथो पटक भएको संसद्को निर्वाचनमा जित हुने दाबी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेका छन्। यद्यपि मत खसालेर बाहिर निस्किएका मतदातामाझ गरिएको सर्वेक्षणले भने संसद्मा बहुमत ल्याउन नेतान्याहू विफल हुनसक्ने देखाएको छ । इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा आसिन नेतान्याहूको कार्यकालमा सन् २०१९ पछि यो चौथो निर्वाचन हो ।

यो मतदानपछि उनलाई दक्षिणपन्थी गठबन्धनलाई एकताबद्ध गर्न सक्ने आशा गरिएको छ । संसद्मा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि दुई वर्षभित्रको अवधिमा चौथो पटक मङ्गलबार निर्वाचन शुरु भएको हो । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो ।

पछिल्लो पटक संसद्मा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो । लिकुड पार्टी पुनःसत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ । इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उनले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गरेका छैनन् । उनिमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्य नगरेको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले सत्ता छाड्नु पर्ने भन्दै केही दिनअघि प्रदर्शन पनि भएका थिए । नेतान्याहुले मंगलवार ट्वीट गर्दै दक्षिणपन्थी र उनि नेतृत्वको लिकुडलाई ठूलो जित दिएकोमा इजरायली जनतालाई धन्यवाद दिएका छन् । अहिलेसम्म लिकुड सबैभन्दा ठूलो पार्टी भएको उनको दाबी रहेको छ ।

धेरै इजरायलीहरू दक्षिणपन्थी रहेको र उनीहरू एउटा स्थायी र सशक्त दक्षिणपन्थी सरकार चाहन्छन् भन्ने स्पष्ट छ उनले भनेका छन् । निर्वाचनका लागि योग्यमध्ये जम्मा ६७।२५ ले मत खसालेका छन्।भने यो चुनावलाई नेतान्याहु नेतृत्वको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको