April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

पत्रकार गोस्वामीलाई गिरफ्तार गर्दा ३ दिन अघि नै अदालतलाई सूचना दिनुपर्ने

  • 30
    Shares

नयाँदिल्ली, भारतका पत्रकार अर्नब गोस्वामीलाई गिरफ्तार गर्दा तीन दिन अगाडि सूचना निकाल्नुपर्ने मुम्बईस्थित बम्बई उच्च अदालतले प्रहरीलाई दिर्नेशन दिएको छ ।

टीआरपी घोटाला काण्डमा रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीमाथि हाल अनुसन्धान भइरहेको छ । यसअघि गोस्वामी ५३ वर्षका इन्टरियर डिजाइनर अन्वय नाइकलाई आत्महत्याको लागि उक्साएको अभियोगमा उनलाई गिरफ्तार भइसकेका थिए ।


उनलाई गतवर्षको नोभेम्बर ४ मा मुम्बईस्थित निवासबाटै गिरफ्तार गरिएको थियो भने ११ नोभेम्बरमा उनले जमानत पाएका थिए ।

अहिले टीआरपी घोटलामा अनुसन्धान भइरहेकाले गोस्वाीलाई गिरफ्तार गर्दा तीन दिन अगाडि सूचना निकाल्नुपर्ने अदालतले आदेश दिएको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको