July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

पाकिस्तानका प्रधानमन्त्री खानलाई नरेन्द्र मोदीको पत्र

काठमाडौं, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई आज पत्र लेखेका छन् ।

मोदीले पाकिस्तान दिवसको शुभकामना दिँदै एक छिमेकी देशको रुपमा भारतले पाकिस्तानका जनतासँग एक सौहार्दपूर्ण सम्बन्ध चाहेको बताएका छन् ।

यस्तो सम्भव बनाउनका लागि आतंकवाद र शत्रुताले मुक्त र विश्वास तथा भरोसायुक्त माहौलको आवश्यकता भएको मोदीले पत्रमा उल्लेख गरेका छन् । मोदीले इमरान खानको नाममा लेखेको आफ्नो पत्रमा पाकिस्तान दिवसको मौकामा आफू पाकिस्तानका जनतालाई शुभकामना दिन चाहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘म यो मुश्किल समयमा तपाईं र पाकिस्तानका जनतालाई कोभिड–१९ को चुनौतीसँग जुध्नका लागि शुभकामना दिन चाहन्छु ।’ केही दिन अघि इमरान खान कोरोना संक्रमित हुँदा मोदीले उनका लागि शुभकामना पठाएका थिए ।

यस्तै भारतका राष्ट्रपति रामनाथ कोबिन्दले पनि पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीको नाममा पत्र लेखेर पाकिस्तान दिवसको शुभकामना व्यक्त गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको