March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन ३ हजारभन्दा बढीको मृत्यु

ब्रासिलिया, ब्राजिलमा ‘कोभिड १९’ को संक्रमण झनै बढेको छ । ब्राजिलमा एकैदिन कोरोनाका कारण ३ हजारभन्दा बढीको मृत्यु भएको हो ।

कोरोना भाइरसको प्रकोपबाट २४ घण्टाको अवधिमा ३ हजार २५१ जनाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राप्त जानकारी अनुसार मंगलबारसम्ममा ब्राजिलका २ लाख ९८ हजार भन्दा बढी व्यक्तिले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८० हजार भन्दा बढी कोरोना संक्रमित बिरामी भेटिएका बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको