भारतमा कोरोना संक्रमणबाट एकैदिन २७५ जनाको मृत्यु
- hamro_kantipur
- २०७७ चैत्र ११

नयाँदिल्ली, भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २७५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय रहेको छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।एजेन्सी
शीर्ष समाचार
- इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
- कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते
- पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
- दुई दिनभित्र नेपाल-खनालसहित २७ सांसदलाई स्पष्टीकरण पत्र बुझाउन निर्देशन
- पर्सामा भारतबाट फर्किएका एक कोरोना संक्रमित पुरुषको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्