बंगलादेशको रोहिंगा शरणार्थी क्याम्पमा भएको आगलागीमा १५ जनाको मृत्यु

कक्स, बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
उक्त आगलागीमा परी ४ सयभन्दा बढी हराइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले जनाएको छ । यस्तै आगलागीबाट झन्डै ५० हजार शरणार्थी विस्थापित भएको पनि आयोगले जनाएको छ ।
बंगलादेशी अधिकारीहरुले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । आगाले शरणार्थी क्याम्पमा रहेका करिब १० हजार टहरा नष्ट गरेको यूएनएचसीआरले जनाएको छ ।
बंगलादेशको विपद् व्यवस्थापन तथा उद्धार मन्त्रालयका सचिव मोहम्मद मोहसिनले भने झन्डै ४० हजार टहरा नष्ट भएको बताइएको छ । घटनाको अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको पनि उनले बताए ।एजेन्सी
प्रतिकृया दिनुहोस्