April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी गर्दै नासाका वैज्ञानिकहरु

  • 3
    Shares

वासिङ्टन, अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन् । आगामी अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ ।

१.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका छन् । अहिले यो हेलिकप्टर गत फेब्रुअरी १८ मा मंगल ग्रहको सतहमा अवतरण भएको अन्तरिक्ष यान पर्सिभरेन्सको रोभरभित्र छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पर्सिभरेन्सले केही दिनअघिमात्रै इन्जेन्युटी हेलिकप्टरको उडानपछि अवतरण हुने ठाउँमा उसलाई जोगाउन चाहिने सामान राखिसकेको छ ।

हाल रोभरले हेलिकप्टरको उडान हुने ठाउँमा काम गरिरहेको नासाले जनाएको छ । रोभरभित्र रहेको हेलिकप्टर सतहमा आएपछि इन्जेन्युटीले पृथ्वीको ३१ दिनभित्र पहिलो उडान गर्ने छ ।

यस्तै मंगल ग्रहमा हेलिकप्टर उडाउनु पृथ्वीको उडानभन्दा निकै कठिन हुने बताइएको छ । मंगल ग्रहमा पृथ्वीको एक तिहाइ गुरूत्व बल छ तर वायु मण्डलको घनत्व पृथ्वीको सतहको घनत्वको १ प्रतिशत मात्र रहेको छ ।

नासाका वैज्ञानिकहरूले इन्जेन्युटीको उडानसँगै रोभरको सुरक्षाबिना उसले मंगल ग्रहको सतहमा बिताउने रात पनि निकै चुनौतीपूर्ण हुने बताएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको