April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

म्यानमार प्रदर्शन: सेनाको गोलीबाट ७ वर्षिया बालिकाको मृत्यु

  • 22
    Shares

याङ्गुन, म्यानमारमा जारी हिंसाका कारण मारिनेको संख्या दिनहुुँ वृद्धि भैरहेको छ । सैनिक ‘कू’को विरोधमा उत्रिएका कयौं प्रदर्शनकारीको मृत्यु  भइसेकेको छ ।


यस्तैमा सेनाको गोलीबाट मंगलबार घरमै बसेकी सात वर्षकी बालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षीया बालिकालाई लागेको हो ।

प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका कारण हालसम्म कम्तीमा २० बालबालिकाको ज्यान गएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था सेभ द चिल्ड्रेनले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको