अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु
- hamro_kantipur
- २०७७ चैत्र १०

कोलोराडो, अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर शहरमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बोल्डर शहरको टेबल मेसा इलाकाको एक सुपरमार्केटमा स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजे गोलाबारी भएको हाे ।

एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा प्रहरीसहित १० जनाको मृत्यु भएको छ । प्रहरीले एक संदिग्धलाई गिरफ्तार गरिसकेको छ । हाल उक्त घटनाको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।एजेन्सी
शीर्ष समाचार
- अफगानिस्तानमा तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त
- खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक
- इन्डोनेसियामा पुनः ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
- कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किदा २४ भन्दा बढी घाइते
- पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
विकास खर्च कमजोर
२०७८ बैशाख १
प्रतिकृया दिनुहोस्