April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

बङ्गलादेशको रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट

  • 32
    Shares

ढाका, बङ्गलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएका छन् ।बङ्गलादेशको कक्स बजार नजिकै भएको  आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि विस्तृत विवरण भने आएको छैन ।

काक्स बजारमा रहेको शिविरमा बनेका अधिकांश घरहरु बाँस र काठबाट बनेकाले आगो नियन्त्रणमा आउन समय लागेको थियो । आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राख्ने व्यवस्था गरिएको बंगलादेश सरकारले जनाएको छ ।

एघार लाख शरणार्थी रहेको शिविरमा आगलागीपछि भागदौड मच्चिदा केही घाइते समेत भएका छन् । म्यानमारको रखाइन प्रान्तमा भड्केको हिंसासँगै लाखौं रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको