भारतमा कोरोना संक्रमण पुनः बढ्यो, एकैदिन थपिए ४७ हजार नयाँ संक्रमित

नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा करीब ४७ हजार जना संक्रमित भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१२ जनाको मृत्यु भएसँगै कूल मृतकको सङ्ख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार सो मन्त्रालयले जनाएको छ ।
भारतमा कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्