पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई काेराेना संक्रमण पुष्टि

काठमाडौं, पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । पाकिस्तानका स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीमा सङ्क्रमणको पुष्टि भएको बताएका हुन् ।
६८ वर्षीय प्रधानमन्त्री खान हाल “आबासमै अलग्गिएर बसेका छन् स्वास्थ्य मन्त्री फैसल सुल्तानले उक्त खबर ट्वीटरमा साझा गरेका छन् । राष्ट्रिय क्रिकेट टोलिका पूर्ब कप्तान समेत रहेका इमरान खान सन् २०१८ को अगष्टमा चुनाब जितेर प्रधानमन्त्री नियुक्त हुनुभएको थिए ।
दुई दिन अघि मात्रै उनले कोभिड १९ विरुद्धको खोप लगाएको बीबीसीले उल्लेख गरेको छ। महामारीमा पाकिस्तानमा ६ लाख २३ हजार १३५ भन्दा बढि सङ्क्रमित छन् । १३ हजार भन्दा बढिकाे जना मृत्यु भैसकेकाे छ ।
प्रतिकृया दिनुहोस्