April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

जापानमा ७.२ म्याग्निच्युटको भूकम्प, समुन्द्र आसपासकालाई तत्काल घर छाड्न निर्देशन

  • 27
    Shares

टोकियो, जापानको मियागी प्रिफेक्चरमा शनिबार शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर आज जापानी समय अनुसार साँझ ६ बजेर ९ मिनेटमा ७.२ म्याग्निच्युटको भूकम्प गएको छ ।

जापानको भूकम्प मापन सम्बन्धि संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार भूकम्प ६० किलोमिटर गहिराई केन्द्रभएर गएको हो । भूकम्पपछि १ मिटरसम्म अग्लो सामुन्द्रिक छाल सहितको सुनामीको चेतावनी जारी गरिएको छ ।

मौसम अधिकारीहरुले मियागी प्रिफेक्चरको सामुन्द्रिक किनार आसपासका नाग तत्काल घर छाडेर अन्यत्र अग्लो स्थानमा जान निर्देशन दिइएको छ ।
यसैगरी घरमा आगो नबाल्न, विद्युतीय सामग्री जोहो गरेर राख्नसमेत अनुरोध गरिएको छ ।

भूकम्पपछि पुनः यहीँ मापन बराबरको पराकम्पन जाने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । भूकम्पपछि कयौं स्थानमा विद्युत आपुर्ती तथा खानेपानी आपूर्तीमा अवरुद्ध हुन पुगेको र विस्तृत विवरण आउनेक्रम जारी रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको