April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

बेलायती प्रधानमन्त्री जोन्सनले लगाए कोरोनाविरुद्धको पहिलो खोप

  • 20
    Shares

लण्डन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्री जोन्सनलेले भने त्यहीँ खोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद ।”

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । “कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,” उनले उल्लेख गरेका छन् ।

खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिँदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए । बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको