April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी

  • 26
    Shares

फिनल्यान्ड, खुशी नागरिकहरुको देशको सूचीमा फिनल्याण्ड लगातार चौथो पटक सबैभन्दा अगाडि रहेको छ । फिनल्याण्डमा नागरिकहरु विश्वकै सबैभन्दा धेरै खुशी रहेका छन् ।


संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक गरेको छ । गत बर्ष विश्वभरी नै कोरोना महामारी फैलिए पनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको पाइएको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् ।

नागरिकलाई खुशी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् ।सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सवै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ ।

सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औ नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको