April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

म्यानमारमा बीबीसीका पत्रकार आङ् थुरा पक्राउ

  • 48
    Shares

याङ्गुन, म्यानमारमा जारी हिंसाकै क्रममा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ ।

सैन्य शासन तथा सरकार विरोधी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा राजधानी नेपिद्अमा एउटा अदालतबाहिर रहेर समाचार संकलन गर्ने क्रममा उनलाई सादा पोशाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।

आङ् थुरासँगै स्थानीय समाचार निकाय मिजिमाका पत्रकार थान आङ्लाई पनि पक्राउ गरिएको बताइएको छ । उनलाई पक्राउ गरिएकोप्रति बीबीसीले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ ।

देशका विभिन्न स्थानमा भइरहेका पछिल्ला विरोध प्रदर्शनहरूका क्रममा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । म्यानमारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन् ।

यस्तै, १६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको