April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

तान्जानियाकाे पहिलाे महिला राष्ट्रपति बनिन् सामिया

  • 88
    Shares

दारेसलाम,तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी छन् ।तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हु्न ।

तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी छन् ।हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् ।

संविधान अन्तर्गत हसनले मगुफुलीको दोस्रो–चरणको बाँकी अवधिमा काम गर्ने छन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए ।

गत वर्षको चुनावपछि उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्ने छन् ।

शीर्ष समाचार

धेरै पढिएको