
वासिङ्टन, अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देश नछाड्न सुझाव दिएका छन् । अमेरिकी एबीसी टेलिभिजनसँगको कुराकानीमा बाइडेनले त्यस्ता व्यक्तिहरु अमेरिकामा आउनु नपर्नेसमेत बताएका हुन् ।
अमेरिका र मेक्सिकोको सिमानामा हजारौं अवैध आप्रवासीहरु रोकिएका छन् । सो सीमास्थित अमेरिकी हिरासतमा हजारौं बालबालिका थुनिएका छन् ।
बाइडेन नयाँ राष्ट्रपति बनेसँगै उनले आप्रवासी नीति खुकुलो बनाउने र सीमामा पुगेकालाई शरण दिने अनुमानका साथ दैनिक सयौं त्यहाँ पुग्ने गरेको बताइएको छ । आप्रवासीको समस्या झनै बढ्ने खतरा भएपछि बाइडेनले अवैध रुपमा अमेरिका आउन खोज्ने कार्यको विरोध गरेका हुन् ।एजेन्सी






