July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

नेदरल्यान्ड्समा आजबाट आमनिर्वाचन शुरु

दी हेग, युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारबाट संसदका लागि मतदान शुरु भएको छ । कोरोना महामारीका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि जित्ने सम्भावना रहेको छ । कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्फ्युसमेतका कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्समा आज बिहान ७:३० बजेदेखि नै मतदान स्थल खुला गरिएको छ ।

कोरोनाको जोखिममा रहेका व्यक्तिका लागि सोमबार र मङ्गलबार मतदानको व्यवस्था मिलाइएको छ भने बुधबार सबैलाई मतदान गर्ने अवसर दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् ।

मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । दोस्रो विश्वयुद्ध पश्चात् पहिलो पटक दी हेगमा कफ्र्यु लगाइएको भन्दै प्रधानमन्त्री रुटका विरुद्धमा प्रदर्शनहरु गरिएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको