August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७८ हजार नाघ्यो

ब्रासिलिया, ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या १ करोड १४ लाख नाघेको छ । ब्राजिलका स्वास्थ्य  अधिकारीहरुका अनुसार त्यहाँ कोरोना सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ ।

त्यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ७८ हजार २२९ पुगेको छ ।

आइतबार प्राप्त जानकारी अनुसार कोरोना सङ्क्रमणबाट गत २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढीमा कोरोना देखिएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको