August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

म्यानमारमा जारी प्रदर्शनमा थप ३९ जना प्रदर्शनकारीको मृत्यु

याङ्गुन, सैन्य कू विरुद्ध म्यानमारमा जारी प्रदर्शनमा थप ३९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । याङ्गुनको एक औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएका हुन् । बाँकीको मृत्यु भने देशका विभिन्न स्थानमा भएको प्रदर्शनमा भएको हो ।

आन्दोलनकारीले चिनियाँ स्वामित्वमा रहेको एक कपडा कारखानामा आक्रमण गर्दा चिनियाँ नागरिकहरु पनि घाइते भएका छन् । आक्रमणलगत्तै चीन सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न म्यानमार सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ । कारखानामा आक्रमण भएलगत्तै सुरक्षाकर्मीले दमन सुरु गरेको बताइएको छ । फेब्रुअरी एकमा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको