April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अमेरिकामा अत्यधिक हिमपातका कारण २ हजार उडानहरु रद्द

वासिङ्टन, अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको छ ।

अमेरिकी सञ्चारमाध्यमले शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।

हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् ।

यस्तै उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको