July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

ब्राजिलका राष्ट्रपति अलबेर्तो सवार गाडीमा स्थानीयद्वारा ढुंगामुढा

ब्रासिलिया, ब्राजिलका राष्ट्रपति अलबेर्तो फर्नान्डेज सवार गाडीमा तोडफोड गर्नुका साथै ढुंगामुढा प्रहार गरिएको छ । ब्राजिलको चुबुत प्रान्तमा भ्रमणका लागि पुगेका राष्ट्रपति फर्नान्डेज मिनिबसमा सवार थिए ।

बीबीसीका अनुसार त्यहाँका समुदायले उनी सवार मिनिबसमा ढुंगामुढा गर्दा बसमा क्षति पुगेको बताइएको छ । उक्त क्षेत्रमा आगलागी भएपछि अलबेर्तो त्यहाँ भ्रमणका लागि पुगेका थिए ।

सो आगलागीमा अहिलेसम्म एक जनाको मृत्यु हुनका साथै कयौं घाइते भएका छन् । चुबुतमा सुन, सिल्भर, युरनियम उत्खनन् कार्य पुनः संचालन गर्न लागेपछि त्यहाँका मानिस सरकारसँग रुष्ट छन् ।

राष्ट्रपति त्यहाँ आएको थाहा पाएपछि मानिसहरु आक्रामक बनेका थिए । स्थानीयले ढुंगामुढा गरेसँगै राष्ट्रपति सवार गाडी त्यहाँबाट भगाइएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको