August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

श्रीलंका महिलालाई बुर्का लगाउन प्रतिबन्ध, धार्मिक अतिवादको संज्ञा

श्रीलंका सरकारले महिलाहरुलाई बुर्का लगाउन प्रतिबन्ध लगाउनुका साथै १ हजारभन्दा बढी इस्लामिक विद्यालयहरु बन्द गर्ने तयारी गरेको छ ।

श्रीलंकाका पब्लिक सेक्युरिटी मन्त्री सरथ वेरासेकरले बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावित कानुनमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

उनले पहिला बुर्का लगाउन चलन नै नभएको भन्दै बुर्का लगाउनुलाई धार्मिक अतिवादको संज्ञा समेत दिएका छन् । यो कानुन मन्त्रिपरिषद र संसदबाट स्वीकृत भने हुन बांकी छ।

उनले इस्लामिक विद्यालयहरु बन्द गर्ने पनि बताएका छन् । कसैलाई विद्यालय खोलेर आफूलाई जे मन लाग्यो त्यही छोराछोरीलाई पढाउन छुट नभएको उनले भने ।

हाल श्रीलंकामा मुस्लिम समुदाय र सरकारबिच मृत्यु संस्कारलाई लिएर विवाद भइरहेको बेला बुर्का र मदरसा बन्द गर्ने प्रस्ताव आएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएका मुस्लिम समुदायका व्यक्तिहरुलाई पनि सरकारले जलाउने गरेकोमा मुस्लिम समुदायले विरोध गर्दै आइरहेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको